२ वर्ष पहिले
मंसिर-७, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेको जीत पक्का भएको छ ।
चितवन क्षेत्र नम्बर नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनको पछिल्लो मत परिणाम अनुसार लामिछाने १४ हजार ६ सय ५२ मतले अघि छन् ।
ताजा अवस्थामा रवि लामिछानेले २५ हजार ६२ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी कृष्ण भक्त पोखरेलले १० हजार ४ सय १० तथा उमेश श्रेष्ठले ९ हजार ८ सय २९ मत पाएका छन् ।