२ वर्ष पहिले
मंसिर-९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५२ हजार १ सय ५३ जना पुगेको छ ।
२४ घण्टामा ८ सय ७१ जनाको पिसिआर परीक्षण गर्दा १० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ७५ हजार ७ सय ८८ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा ५ सय १० जनमा एन्टिजन परीक्षण गर्दा कसैमापनि पोजेटिभ देखिएन । हालसम्ममा १४ लाख ५५ हजार ९ सय ३५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा २८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८८ हजार ५ सय २९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १९ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३ सय २७ जना रहेको छ।