२ वर्ष पहिले
मंसिर-१६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५२ हजार १ सय ८५ जना पुगेको छ ।
२४ घण्टामा ४ सय २१ जनाको पिसिआर परीक्षण गर्दा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ७८ हजार ७ सय २५ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा ४ सय ७७ एन्टिजन विधिबाट परीक्षण गर्दा कसैमा पनि पोजेटिभ देखिएन । हालसम्ममा १४ लाख ६० हजार ३१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा २३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८८ हजार ७ सय ४१ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १९ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ सय ३९ जना रहेको छ।