× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपाली नागरिकमाथि दार्चुला पारि भारतको धार्चुलाबाट ढुङ्गा प्रहार

    २ वर्ष पहिले

    मंसिर -१८, दार्चुलामा नेपाल–भारत जोड्ने सीमा नाकामा तनाव सृजना भएको छ । भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धको विरोध गरेका नेपाली नागरिकमाथि दार्चुला पारि भारतको धार्चुलाबाट ढुङ्गा प्रहार भएपछि तनाव भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

    विवाद बढ्दै गएपछि नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको पुलमा आवतजावतसमेत बन्द गरिएको छ । नेपाल र भारतका स्थानीयले ढुङ्गा हानाहान गरेका र केही व्यक्ति घाइते भएका प्रहरीले जनाएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

    अहिले अवस्था बुझ्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेय सीमा क्षेत्रमा जानुभएकाे प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभएको छ ।

    भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भए छन् । स्थानीयवासीले भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग गरेका छन् ।