× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रतिनिधि सभातर्फ १६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, सबै भन्दा ठूलो दल कांग्रेस, दोस्रोमा एमाले

    २ वर्ष पहिले

    मंसिर -१९, प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १ सय ६५ क्षेत्रकै अन्तिम मत परिणाम सार्वजनिक भएको छ । आज बिहान दोलखाको मत परिणाम सार्वजनिक भएसँगै सबै निर्वाचन क्षेत्रको नतिजा आएको हो । यसपटक प्रतिनिधिसभा प्रत्यक्षतर्फ पहिलो दल नेपाली कांग्रेस बन्यो । उसले सबैभन्दा बढी ५७ निर्वाचन क्षेत्रमा जित हात पा र्‍यो ।

    दोस्रो बनेको नेकपा एमालेले एमालेले ४४ सिट जित्यो । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार १८ क्षेत्रमा विजयी भए । त्यस्तै, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले सात/सात सिट जिते ।

    यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टीले तीन ठाउँमा जिते । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक/एक सिट जितेका छन् । पाँच निर्वाचन क्षेत्रमा भने स्वतन्त्र उम्मेदवार विजयी भए ।