× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नक्कली सुकुमबासीलाई हटाउन माग गर्दै काठमाडौं महानगरमा धर्ना

    २ वर्ष पहिले

    मंसिर -२०, सार्वजनिक स्थलबाट नक्कली सुकुमबासीलाई हटाउनुपर्ने माग गर्दै काठमाडौं महानगरपालिका अगाडी धर्ना दिइएको छ ।

    सुकुमबासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण भइरहेकाले नक्कली सुकुमबासीलाई हटाउनुपर्ने भन्दै उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले मंगलबार महानगर अगाडी धर्ना दिएको हो ।

    समितिले सही सुकुमबासी पहिचान गरी उचित व्यवस्थापन गर्नुपर्ने र नक्कली सुकुमबासीलाई हटाउनुपर्ने माग राखेका छन् ।

    समितिले सुकुमबासीका नाममा भइरहेको राजनीतिलाई अन्त्य गर्नुपर्ने माग गरिएको छ । धर्नामा सहभागीले सुकुमबासीको नाममा राजनीति गर्न पाईदैन, भूमि भएका कसरी सुकुमबासी भन्ने प्रश्नसहितका प्लाकार्ड प्रदर्शन गरेका थिए । समितिले सरकारी जग्गा अतिक्रमण रोक्नुपर्ने र सही सुकुमबासीलाई विकल्पसहितको व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ।