२ वर्ष पहिले
मंसिर-२०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५२ हजार १ सय ९९ जना पुगेको छ ।
२४ घण्टामा ३ सय ६० जनाको पिसिआर परीक्षण गर्दा १ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ८० हजार ३ सय ९० जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा ५ सय ६३ एन्टिजन विधिबाट परीक्षण गर्दा शुन्य संख्यामा पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख ६२ हजार ७ सय ९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा १४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८८ हजार ८ सय १४ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १९ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७९ जना रहेको छ।