× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपाली भूमि अतिक्रमणको विरोधमा अखिल क्रान्तिकारीको प्रदर्शन

    २ वर्ष पहिले

    मंसिर-२१, महाकाली नदीमा भारतले अनधिकृत संरचना निर्माण गरी नेपाली भूमि अतिक्रमण गरेको विरोधमा माइतीघरमा अखिल क्रान्तिकारीले प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतनिकट क्रान्तिकारीले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनका क्रममा प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री मोदीको फोटो जलाएका छन् । प्रदर्शनकारीले ‘भारतीय हस्तक्षेप बन्द गर, हाम्रो भूमि मिच्न पाइँदैन–हेपाहा छिमेकी चाहिँदैन’ जस्ता नाराअंकित प्लेकार्ड बोकेका थिए ।