× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ बढ्यो

    २ वर्ष पहिले

    मंसिर-२२ आज (बिहीबार) सुन तथा चाँदीको भाउ बढेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेर छापावाला सुन ९९ हजार ७ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९९ हजार ३ रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर १३ सय ६० रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ५० रूपैयाँमा कारोबार भएको थियोे।