२ वर्ष पहिले
मंसिर-२५, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार तराईका केही भू-भागमा विहानीपख हुस्सु, कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको ले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।
विभागका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै,राती लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।