× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सरकारले जन्मकैदको सजाय काटिरहेका रेमश चौधरीलाई छुटाउन ल्यायो अध्यादेश

    २ वर्ष पहिले

    मंसिर-२५, सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेमश चौधरीलाई छुटाउन अध्यादेश ल्याएको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकी अपराध संहिताको दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । एक मन्त्री भन्छन्, ‘आममाफी भन्ने शब्द छैन, तर नेगेटिभ लिस्टबाट हटाउने भनिएको छ । मुख्य सचिवले भाषा मिलाउने बाँकी छ भन्नुभएको छ ।’

    उनका अनुसार यो अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भयो भने रेशम छुट्ने छन् । ‘अदालतले पनि मान्नुपर्छ, अदालतको सहमति लिएको छ/छैन मलाई थाहा भएन’ ती मन्त्रीले सुनाए । अनलाईन खबर