× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    अखिल क्रान्तिकारीका अध्यक्षले सीटीईभीटी र पोखरा विश्वविद्यालयको सम्बन्धन वितरणमा पैसाको चलखेल आरोप

    २ वर्ष पहिले

    मंसिर-२८, नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको विवाद उत्कर्षमा पुगेको छ । संगठनका अध्यक्ष पञ्चा सिंहले कलेज सम्बन्धनमा आर्थिक चलखेल गरेको आरोप लागेपछि संगठनभित्रको विवाद थप चर्किएको हो ।

    संगठनको विवाद २२औं महाधिवेशनदेखि सुरु भएपनि हाल आएर उत्कर्षमा पुगेको छ । महाधिवेशनमा नेतृत्व सर्वसम्मत हुन नसकेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षको जिम्मेवारी नेतृ पञ्चा सिंहलाई सुम्पिएका थिए । अखिल क्रान्तिकारीकै उपाध्यक्षहरुले सीटीईभीटी र पोखरा विश्वविद्यालयको सम्बन्धन वितरणमा पैसाको चलखेल भएको आरोप लगाएका छन् ।

    महाधिवेशनमा सहमति नभएपछि पवन कार्कीको नेतृत्वमा अखिल क्रान्तिकारीको समानान्तर केन्द्रीय कमिटी सञ्चालन हुँदै आएको छ । पञ्चा सिंहले नेतृत्व गरेको अवैध संगठनले अखिल क्रान्तिकारीका नाममा संगठनलाई अस्तव्यस्त बनाएर शैक्षिक माफियासँग मिलेमतो गरी विश्वविद्यालयका पदाधिकारीहरुसँग नयाँ कार्यक्रमहरुको सम्बन्धन र कार्यक्रम विस्तारका नाममा आर्थिक भागबन्डा गरेको समानान्तर कमिटीका संयोजक कार्कीको आरोप छ ।

    साथै संगठनका अध्यक्ष सिंहमाथि आर्थिक चलखेलको आरोप लागेपछि संगठनका सात उपाध्यक्ष इन्द्र भुसाल, मिलन एमसी, लक्ष्मी जोशी, राजकुमार याक्सो, नारायण खनाल, डा अच्युत भट्ट र गजेन्द्र देवले विशेष राष्ट्रिय सम्मेलनको माग पनि गरेका छन् ।