× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    गण्डकी,लुम्बिनी, प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने

    २ वर्ष पहिले

    मंसिर-२९, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार गण्डकी,लुम्बिनी, प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

    विभागका अनुसार तराई भूभागको केही स्थानहरुमा हुस्सु/कुहिरो लाग्नुको साथै देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    यस्तै, राती लुम्बिनी प्रदेशका साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।