× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आजपनि घट्यो सुन तथा चाँदीको भाउ

    २ वर्ष पहिले

    पुस-१, आज (शुक्रबार)साताको कारोबारको अन्तिम दिन सुन तथा चाँदीको भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेर छापावाला सुन ९९ हजार ९ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर १३ सय ७० रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिन पनि चाँदी प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भएको थियोे।