× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज देखि मुग्लिन नारायणगढ सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने

    २ वर्ष पहिले

    पुस-५,आज(मंगलबार) देखि मुग्लिन नारायणगढ सडकखण्ड पुल निर्माणका गर्न दैनिक ४ घण्टा बन्द हुने भएको छ।

    नागढुङ्गा मुग्लिन सडक आयोजनाले सूचना प्रकाशित गरी पुस ५ गतेदेखि दिउँसो बन्द हुने जनाएको हो। आयोजनाका अनुसार बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सवारी साधन रोकेर निर्माण हुने भएको छ।

    पुल निर्माणका लागि सडकको भित्तो काट्न लागिएको आयोजनाले जनाएको छ। दिउँसो काम हुने समयमा सवारी साधन रोकिने भएको छ।

    चार पुल बनाउने ठाउँमा सडकको भित्ता काट्नुपर्ने भएकाले सडक बन्द लागिएको छ। सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि सडकको भित्तो काटिने भएको छ।

    मुग्लिन नारायणगढ सडकखण्ड बन्दको अवधिमा सवारी साधनहरु लाई ब्यबस्थित पार्किङ गर्न नारायणगढतर्फबाट मुग्लिन तर्फ जाने यात्रुबाहक बस, मिनि, माइक्रो बस, साना सवारी साधनलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोकिने भएको छ।

    यस्तै मालबाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्याङ्कर लगायतका भारी सवारी साधनलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिने छ।

    मुग्लिन देखि नारायणगढ तर्फबाट आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म बिहान १०ः५५ बजे रोकिने भएको छ।

    यस्तै, काठमाडौँतर्फबाट आउने मालबाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालबाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिने भएको छ।