× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एमाले अध्यक्ष ओली संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन

    २ वर्ष पहिले

    पुस-५, एमाले अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन भएका छन् ।

    मंगलबार बसेको नवनिर्वाचित सांसदहरूको बैठकले अध्यक्ष ओलीलाई सर्वसम्मत रूपमा चयन गरेको महासचिव शंकर पोखरेलले जनाएका छन् ।

    गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा एमालेले प्रत्यक्ष ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ सिटमा जित हात पारेको छ । प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको एमाले समानुपातिकतर्फ भने पहिलो दल बनेको थियो । एमालेले समानुपातिकतर्फ पहिलो दल बन्दै २८ लाख ४५ हजार ६ सय ४१ मत प्राप्त गरेको थियो ।