× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २ संक्रमित थपिँदा निको हुनेको संख्या ३

    २ वर्ष पहिले

    पुस-६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या २ जना रहेको छ । हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५३ हजार २ सय ४९ जना पुगेको छ ।

    २४ घण्टामा २ सय ६१ जनाको पिसिआर परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको छ । हालसम्ममा ५९ लाख ८६ हजार ७५ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा ४ सय २ एन्टिजन विधिबाट परीक्षण गर्दा पोजेटिभ हुनेको संख्या शुन्य रहेको छ । हालसम्ममा १४ लाख ७१ हजार ९ सय ४३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    २४ घण्टामा ३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८८ हजार ९ सय २४ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १९ जना पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १८ जना रहेको छ।