× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिनमा स्मार्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याउदै विद्युत प्राधिकरण

    २ वर्ष पहिले

    पौष ७, मुग्लिन
    नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालन गर्दै आएको छ । उपत्यका र मुख्य शहरहरुमा चार्जिङ स्टेशन सञ्चालन पछि प्राधिकरणले राजधानी जोड्ने मुख्य राजमार्गहरुमा स्टेसन निर्माण कार्यलाई तिव्रता दिएको छ । प्राधिकरणले पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित मुग्लिन बजारमा स्मार्ट चार्जिङ स्टेसन निर्माण गरेकाे हाे। हाइवे क्षेत्रमा स्मार्ट चार्जिङ निर्माण गर्दै आएकाे दिगो कम्पनीले हाइवे अन्तरगत धादिङ्ग जिल्लाको धार्केमा २ वटा स्टेसन निर्माण सम्पन्न गरिसकेका छन् । स्मार्ट चार्जिङको जडान कार्य भइरहेको मुग्लिनमा केही दिनमा पुर्ण रुपमा सञ्चालन हुने दिगो कम्पनीका इञ्जिनयर सञ्जित पौडेलले जानकारी दिएका छन् ।

    मुग्लिनमा जडान भएको चार्जिङ स्टेसनमा स्क्यान गरेर बिल भुक्तानी गर्न सकिने र एकैपटक ३ वटा गाडी चार्ज गर्न सकिने क्षमता भएको CCS सिस्टमको स्मार्ट चार्जिङ स्टेसन रहेको इञ्जिनियर पौडेलले बताए । यस सिस्टम अन्तरगत प्राइभेट कार, जीप लगाएत साना तथा मझौला सवारी साधनहरु छिटो चार्ज गर्न सकिने उन्ले बताए ।