× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भरतपुरमा सडक अतिक्रमण गरी बनाइएका घरहरू भत्काउन शुरु

    २ वर्ष पहिले

    पुस-८, चितवन भरतपुर महानगरपालिकाको नारायणगढ–गोन्द्रङमा ६ लेन सडक बिस्तारका लागि घर भत्काउन कार्य सुरु भएको छ। सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको हो। यो सडक निर्माणका क्रममा ५८ वटा घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताए।

    ती घरका २० देखि १०० मिटरसम्मका संरचना सडकको क्षेत्रमा पर्ने उनले बताए। ३५ दिनको सूचना जारी गर्दा पनि नभत्काएपछि डोजर लगाएर भत्काउन सुरु गरिएको पौडेलले बताए। ६ लेन सडकको निर्माण २ वर्ष अघि सुरु भएको अहिलेसम्म ५८ प्रतिशतमात्रै काम सकिएको छ।