× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गामा बनेका अवैध संरचना भत्काउने

    २ वर्ष पहिले

    पुस-९, चितवनको रत्ननगर नगरपालिकाले पनि नगरपालिका क्षेत्रमा सार्वजनिक जग्गामा बनेका अवैध संरचना भत्काउने निर्णय गरेको छ ।

    नगरपालिकाका उपमेयर यादवप्रसाद पाठकले अवैद्य र अव्यवस्थित संरचना भत्काउनेबारे नगरपालिकाले निर्णय गरिसकेको जानकारी गराएका हुन् । पाठकले यसै हप्ता सार्वजनिक सूचना निकालेर काम सुरु गरिने जानकारी दिए । उनले भने, ‘ हामी काठमाडौँ गएकोले केही दिन ढिला भयो । नगरपालिकाले सार्वजनिक जग्गामा बनेका अवैध संरचना भत्काउने निर्णय गरिसकेको छ । अब यसै हप्ता सूचना निकालेर भत्काउन थाल्नेछौं ।’ उनले भरतपुरमा जस्तो धेरै संरचनाहरु रत्ननगर नगरपालिकामा नभए पनि जति छन् अब भत्काइने बताए ।