× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पुस १५ र १६ गते चितवन जिल्ला स्तरीय दोस्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिता हुने

    २ वर्ष पहिले

    पुस-१०, इच्छाकामना युथ स्पोर्ट क्लबको आयोजनामा पुस १५ देखि चितवन जिल्ला स्तरीय दोस्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिता हुने भएको छ।

    इच्छाकामना युथ स्पोर्ट क्लबका अध्यक्ष प्रकाश त्रिपाठीले दिएको जानकारी अनुसार पुस १५ गते इच्छाकामना ५ को वडा कार्यालय मुग्लिनमा प्रतियोगिताको उद्घाटन भई १६ गते लोकप्रिय होटल कुरिनटारमा समापन हुने छ ।

    प्रतियोगितामा सहभागी हुनको लागि प्रवेश शुल्क एक हजार लाग्ने छ। तर, इच्छाकामनाका प्रतियोगीको लागि ५०० रुपैयाँ, विद्यार्थीको लागि ४०० र महिलाको लागि ३०० रुपैयाँ प्रवेश शुल्क रहेको अध्यक्ष त्रिपाठीले बताए । प्रवेश शुल्क इसेवा नम्बर ९८४१६९७६७१ बाट पनि बुझाउन सकिने जानकारी दिएको छ ।

    प्रतियोगितामा प्रथम हुने खेलाडीले १३ हजार, द्वितीय हुने खेलाडीले ९ हजार, तृतीय हुने खेलाडीले पाँच हजार र चौथो, पाचौँ र छैटौँ हुने खेलाडीले दुई/दुई हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् । इच्छाकामना बाहिरका खेलाडीका लागि खान र बस्नको समेत व्यवस्था मिलाइएको क्लबले जनाएको छ ।

    यस्तै पहिलो हुने महिला खेलाडीलाई नगद दुई हजार पुरस्कार प्रदान गरिने छ । पहिलो हुने छात्रा र छात्र विद्यार्थीलाई पनि नगद दुई–दुई हजार पुरस्कार रहेको छ । इच्छाकामना कै पहिलो हुनेको लागि पनि दुई हजार पुरस्कार रहेको छ ।

    प्रतियोगितमा जिल्ला भरका ४५ देखि ५० जना प्रतियोगी सहभागी हुने आयोजकको अनुमान छ । यसको कुल बजेट एक लाख ९० हजार ३०० रुपैयाँ रहेको छ ।