× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ट्राफिक नियम उल्लङ्घनको जरिवानामा भारी वृद्धि

    २ वर्ष पहिले

    पुस-१२, काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घनको जरिवानामा भारी वृद्धि भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले पुस महिनादेखि लागू हुने गरी जरिवाना रकम बढाएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

    ट्राफिक नियमका १६ शीर्षकमा जरिवाना बढाएको हो। यसअघि यी शीर्षकमा ५०० देखि १५०० रूपैयाँ जरिवाना लाग्दै आएको थियो। तर अहिले अधिकतम १५०० रुपैयाँ मात्रै गराइएको हो। यसअघि यी शीर्षकमा ५०० मात्रै जरिवाना गराइँदै आएको उनले बताए।

    ‘५०० देखि १५०० रुपैयाँ सम्म जरिवाना हुने कसूर अन्तर्गतमा रहेका १६ वटा शीर्षकमा अधिकतम जरिवाना १५०० रुपैयाँ गर्ने निर्णय भएको हो,’ उनले भने, ‘पुस ३ गतेदेखि यो लागू गरेका छौं।’

    २०७५ सालमा ट्राफिक प्रहरीले अधिकतम जरिवाना गर्न सक्नेगरी अधिकार प्रत्यायोजन गरिएको र त्यहीँ अधिकारको प्रयोग गरी जरिवाना रकम बढाइएको उनले बताए। यसरी जरिवाना बढाउँदा ट्राफिक नियमको पालना गरिने र दुर्घटनासमेत न्यूनिकरण हुने उनको भनाइ छ।