× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    जेएन थपलिया एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा सर्वसम्मत चयन

    २ वर्ष पहिले

    पुस-१४, नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जेएन थपलिया सर्वसम्मत चयन भएका छन् ।

    नेकपा एमाले संसदीय दलको कार्यालय हेटौंडामा आज बसेको बैठकले थपलियालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । उनी चितवन १ को प्रदेश सभा १ बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

    नेकपा एमालेको केन्द्रीय सदस्य रहेका थपलिया पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार समेत थिए ।

    बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित १३ जना र समानुपातिकतर्फ १४ जना गरि २७ जना सांसद छन् ।

    बागमती प्रदेश सरकारको नेतृत्वका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवैले दाबी गरेका छन् ।