× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित

    २ वर्ष पहिले

    पुस-१६, पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अन्तत: साउदी क्लब अल नासरमा अनुबन्धित भएका छन् । युरोपका क्लबबाट अनुबन्धनका लागि राम्रो प्रस्ताव नआएपछि रोनाल्डो अल नासर पुगेका हुन् ।

    रोनाल्डोले अनुबन्ध भएसँगै फुटबल इतिहासकै सबैभन्दा ठूलो आर्थिक सम्झौता गरेका छन् । उनले तलब र विज्ञापनको पाटोसहित वार्षिक २ सय मिलियन युरोभन्दा बढी रकम बुझ्ने आँकलन गरिएको छ । यसअघि साउदीकै अल हिलालले गरेको प्रस्ताव रोनाल्डोले नकारेका थिए ।

    साउदी पुगेसँगै रोनाल्डोले आफू एसियामा नयाँ यात्रा सुरु गर्न तयार रहेको बताए । ‘मैले युरोपमम सबै उपाधि जितें । मलाई लाग्छ एसियामा अनुभव साट्न यो सहि समय हो । नयाँ लिगमा अनुभव बटुल्न चाहन्छु,’ रोनाल्डोले भने ।

    रोनाल्डोले च्याम्पियन्स लिग खेल्ने इच्छा देखाएपनि शीर्ष क्लबले उनलाई आफ्नो योजनामा समेट्न नसक्ने बताएका थिए । विशेषगरी चेल्सीका नयाँ मालिकले रोनाल्डोलाई मुख्य अनुबन्धनको रुपमा ल्याउन खोजेका थिए । तर तत्कालिन प्रशिक्षक थोमस टुचेलले आफ्नो योजनामा नरहने भन्दै ट्रान्सफर हुन दिएनन् ।

    जर्मन क्लब बायर्न म्युनिख, बोरुसिया डर्टमुन्ड र आइन्ट्राक्ट फ्रान्कफर्टले पनि रोनाल्डो अनुबन्ध नगर्ने सार्वजनिक रुपमा बताएका थिए । रियल म्याड्रिडले दुवै पक्षका लागि रोनाल्डोको आगमन राम्रो नहुने बताउँदा अर्को पूर्व क्लब सपोर्टिङ लिस्बनले आर्थिक कारणले सम्भव नरहने बताएको थियो ।