× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    रौतहटका स्वतन्त्र सांसद किरणकुमार साह एमालेमा प्रवेश

    २ वर्ष पहिले

    पुस-१९, रौतहट क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिई प्रतिनिधि सभा सांसद भएका किरणकुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन्। सोमबार बालकोट पुगेर उनी एमालेमा प्रवेश गरेका हुन्।

    एमाले अध्यक्ष ओलीले साहलाई पार्टी प्रवेश गराएका हुन्। गत मंसिरमा भएको चुनावमा साहले नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद फिरदोस आलमलाई हराएका थिए।

    उनी २०७७ मा जनता समाजवादी पार्टी त्यागेर नेकपा एमालेमा गएका थिए। तर उनलाई गत मंसिरमा भएको चुनावमा एमालेले टिकट दिएको थिएन। उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। चुनाव जितेपछि उनी पुनः एमालेमै फर्किएका छन्।