× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनको इच्छाकामना र गोरखाको लखन तथा गण्डकी गाँउपालिका वरपर पुस २१ र २२ गते विद्युत सेवा अवरुद्ध हुने

    २ वर्ष पहिले

    पुस-२०, चितवन जिल्लाको इच्छाकामना र गोरखाको शहीद लखन थापा तथा गण्डकी गाउँपालिका वरपर पुस २१ र २२ गते विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

    नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण शाखाले हाईवे समाचारलाई दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिकाको कुरिनटार देखि मोबाखोला तथा गोरखाको शहिद लखन तथा गण्डकी गाउँपालिकाको केही स्थानमा पुरानो एचटि एवं एलटि लाईन विस्थापित गरि नयाँ चार्ज गर्ने हुँदा पुस २१ गते र २२ गते बिहान १०:०० बजे देखि दिउँसो २:०० बजेसम्म दुई दिन विद्युत सेवा अबरुद्ध हुने जनाएको छ।

    यो अवधिमा मुग्लिङ फिडर अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका अन्तर्गत कुरिनटार, चुम्लिङ, फिस्लिङ र मोवाखोला तथा गोरखाको शहिद लखन तथा गण्डकी गाउँपालिका अन्तर्गत भुम्लिचोक, मकैसिंग क्षेत्रमा दुई दैनिक चार चार घण्टा विद्युत अबरुद्ध हुने जनाएको छ।

    तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत सेवा पनि अगावै सुचारु हुने प्रधिकरणले जनाएको छ।