२ वर्ष पहिले
पुस-२०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ७ जना रहेको छ । हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५३ हजार ३ सय ८ जना पुगेको छ ।
२४ घण्टामा ४ सय ५३ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या ७ जना रहेको छ । हालसम्ममा ५९ लाख ९१ हजार ५ सय ८६ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा ५ सय ४८ जनामा एन्टिजन विधिबाट परीक्षण शुन्य संख्यामा कोरोना पुष्टी भएको छ। हालसम्ममा १४ लाख ८१ हजार १ सय १९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा निको हुनेको संख्या ६ रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ८८ हजार ९ सय ७२ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १९ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २१ जना रहेको छ।