× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मनकामना केबुलकार मर्मतको लागि अस्ट्रियाबाट सामान आइपुग्यो, भोली देखि सञ्चालनमा ल्याउने तयारी

    २ वर्ष पहिले

    पौष २१, मुग्लिन
    विद्युत आपुर्तिमा भएको समस्याका कारण अबरुद्ध बनेको मनकामना केबुलकारको मर्मत कार्य अन्तिम चरणमा रहेको छ । विद्युत सर्किट सर्ट भई सिस्टम प्यानलमा आगोलागी भएपछि केबुलकार सेवा गत पौष ११ गते देखि अबरुद्ध बनेको थियो ।

    विद्युत प्राधिकरणको लापरवाहीको कारण सिस्टम प्यानल काम नलाग्ने गरी आगोले क्षति पु¥याएको हुँदा निर्माण कम्पनी अष्ट्रियाबाट सिस्टम प्यानल मगाउनुपर्ने भएकोले केही दिन सेवा अवरुद्ध हुन पुगेको मनकामना दर्शन प्रा.लि.का नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जनाएका छन् । भोली देखि नै केबुलकार सेवा सञ्चालनमा ल्याउने उद्देश्यका साथ सिस्टम प्यानलको जडान कार्यमा प्राविधकहरूले काम गरिरहेकाे उहाँले बताउनुभयो ।

    केबुलकार सेवा अबरुद्ध हुँदा मनकामना मन्दिर दर्शन गर्न आउने सयाैँ भक्तजनहरु आँबुखैरेनी, मुग्लिन, चेरेस लगायतको ठाउबाट मोटरवाटो प्रयोग गरेर मन्दिर पुग्ने गरेका थिए ।