२ वर्ष पहिले
पुस-२२,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार तराईका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।
विभागका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो लागिरहेको छ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।
यस्तै, राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।