× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    २ वर्ष पहिले

    पुस-२५, सरकारले पृथ्वी जयन्तीको दिन पुस २७ मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ लाई पुनः राष्ट्रिय एकता दिवसको मान्यता दिँदै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन गर्ने पहिलो शर्तको रुपमा पुस २७ लाई राष्ट्रिय एकता दिवस घोषणा गरी सार्वजनिक विदा दिन माग गरेको थियो ।

    पुस २७ लाई विगतमा पनि राष्ट्रिय एकता दिवसको रुपमा मनाउने गरिए पनि २०६२–६३ को जनआन्दोलनपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यो दिवस मनाउन छोडेको थियो । उक्त निर्णयको विरोध हुँदै आएकोमा अहिले पुनः पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने भएको हो ।