× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सन्दीप लामिछानेविरुद्धको मुद्दामा ‘पीडित नाबालिका नभएको अदालतको ठहर’, लामिछानेलाई धरौटीमा छाड्न आदेश

    २ वर्ष पहिले

    पुस-२८, उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडित भनिएकी नाबालिका नभएको ठहर गरेको छ ।

    उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेविरुद्धको मुद्दामा पीडित भनिएकी नाबालिका नभई १८ वर्षमाथि भएको ठहर गर्दै लामिछानेलाई धरौटीमै छाड्न आदेश दिएको हो ।

    जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेश विरूद्ध सन्दिपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। सोही निवेदनमाथि अन्तिम फैसला गर्दै संयुक्त इजलासले लामिछानेलाई धरौटीमै छाड्न आदेश दिएको हो।

    यसअघि, उमेरसम्बन्धी विवाद भएपछि इजलासले पीडितकाे जन्मसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको थियो । अस्पतालबाट जन्मसम्बन्धी अभिलेख आएपछि इजलासले किशोरी १८ वर्ष माथिको भएको फैसला गरेको हो । ‘इजलासले पीडित भनिएकी नाबालिका होइनन्, १८ वर्षमाथि भएकोले उनी किशोरी होइन भनेरसमेत फैसला आएको छ’, लामिछानेका वकिल सरोज घिमिरेले जानकारी दिए।

    लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि)लाई बलात्कार गरेको आरोप लागेकाे छ । तर, सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका थिए । असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।