× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा नलिन विद्यालयहरुलाई निर्देशन

    २ वर्ष पहिले

    पुस-२९, कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा नलिन विद्यालयहरुलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बालविकास शाखाले निर्देशन दिएको छ । शाखाले प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन समेत नगर्न निर्देशन दिएको छ ।

    मन्टेसरी र संस्थागत विद्यालयका पूर्वप्राथमिक कक्षाहरुमा बालबालिकाको सर्वाङ्गीण विकास हुने क्रियाकलाप नगरी पढाउने, घोकाउने तथा कण्ठ गराउने, त्यस्तै प्रकृतिका गृहकार्य दिने अभिभावकको गुनासो आएको पनि केन्द्रले जनाएको छ ।

    केन्द्रले शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र लेख्दै आ–आफ्नो क्षेत्रभित्र अनुगमन गरी यस्ता कार्य हुन नदिन र भर्नाका लागि अन्य उपयुक्त विधि अवलम्बन गर्न लगाउन आग्रह गरेको छ ।