× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाए

    २ वर्ष पहिले

    माघ-५, काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफैंलाई आगो लगाएका छन् । करिब २९ वर्षका निशान लामिछाने गुरुङले आगो लगाएर आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

    सिभिल मलको पहिलो तलामा बिहानको करिब ११:१५ बजे आफैले पेट्रोल छर्केर शरीरमा आगो लगाएको देखेपछि मलका कर्मचारीले आगो निभाएका थिए।

    त्यसपछि लगतै पुगेको प्रहरीले युवकलाई अस्पताल पुर्‍याएको थियो। ट्रमा सेन्टरमा उपचार नभएपछि उनलाई कीर्तिपुर अस्पतालमा लगिएको छ।