× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    स्पट फिक्सिङकाे आराेपमा मेहबुब र आदिल पक्राउ

    २ वर्ष पहिले

    माघ-९, हालै भएको नेपाल टी २० लिग क्रिकेटमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा २ जना खेलाडी पक्राउ परेका छन् ।

    प्रतियोगितामो फिक्सिङ आशंका भएको भन्दै चौतर्फी आवाज उठेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले अनुसन्धान गरेको थियो । प्रहरीको अनुसन्धानको आधारमा नेपालका पूर्व राष्ट्रिय क्रिकेट मेहबुव आलम र राष्ट्रिय टिमका खेलाडी आदिल अन्सारीलाई पक्राउ गरिएको हो । उनीहरुलाई सीआईबीको टोलीले नियन्त्रणमा लिएको बुझिएको छ ।

    आलम एकै खेलमा १० विकेट लिएर कीर्तिमान कायम गर्ने पूर्व खेलाडी हुन् भने अन्सारीले गत जेठमामात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

    नेपाल टी २० लिगको विवादास्पद कम्पनी सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालियासँग मिलेर स्पट फिक्सिङ गरेको सीआईबी स्रोतले जनाएको छ ।

    आईसीसीको ‘एन्टी करप्सन युनिट’ र सीआईबीको अनुसन्धानका आधारमा उनीहरु पक्राउ परेको बुझिएको छ । सीआईबीले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको पनि जनाएको छ । अब मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाउने योजना बनाइएको छ ।

    २ खेलाडी पक्राउ परेको नेपाल क्रिकेट संघका पदाधिकारीले पनि पुष्टि गरेका छन् । नेप्लेजले सम्पर्क गरेको ती पदाधिकारीले अनुसन्धानका लागि प्रहरीले अहिले २ जनालाई पक्राउ गरेको बताए ।