× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा लागूऔषधसहित चार जना पक्राउ

    २ वर्ष पहिले

    माघ-१०, चितवन छुट्टाछुट्टै दुई स्थानबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।

    माघ ६ गते दिउँसो ३ बजेको समयमा लागूऔषध विक्री वितरण भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो ।

    राप्ती नगरपालिका–६, स्थित शंकास्पद अवस्थामा बसिरहेका पर्सा जिल्लाको छिपरमाई गाउँपालिका वडा नं. १ बस्ने वर्ष २८ का महेश कुमार यादब र सोही स्थानका २९ वर्षीय पप्पुप्रसाद यादबलाई चेकजाँच गर्दा उनीहरुले बोकेको बोरा तथा झोलाबाट लागू औषध डाईजेपाम १०६ एम्पुल, फेनार्गन ११२ एम्पुल र नुरफिन ११२ एम्पुल गरी ३३० एम्पुल लागूऔषध बरामद गरेको हो । उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गरिरहेको छ ।

    यस्तै यही माघ ७ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कालिका नगरपालिका–१, स्थित लागूऔषध लुकाएर राखिएको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–४ बस्ने वर्ष २४ का निर्मल तिमिल्सिना र रत्ननगर नगरपालिका–३ बस्ने वर्ष २३ का आयुष खनाल रहेका छन् । प्रहरीले उनीहरुको साथबाट विभिन्न प्रकारका लागूऔषध बरामद गरेको छ ।