× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बाजुरा भुकम्प अपडेट: १ को मृत्यु, ४० भेडा पुरिए

    २ वर्ष पहिले

    माघ-१०, बाजुरामा आज दिउँसो गएको भूकम्पमा परेर एक जनाको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गौमुल गाउँपालिका- २ मा अन्दाजी ३५ वर्षीया जमुना रोकायको भूकम्पले जमिन हल्लिँदा ढुंगा खसेर लाग्दा घटनास्थलमै मृत्यु भएको हो । घाँस काटिरहेको बेला भूकम्पका कारण माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको हो ।

    त्यसैगरि भुकम्पकै कारण गौमुल गाउपालिकाकै वडा नम्बर १ अम्लिसको डोडरी जंगलमा माथिबाट पहिरो खस्दा रामदल बोहोराका ४० बढी भेडा पुरिएर मरेका र स्थानीय दिपेन्द्र रोकायाले बताउनु भएको छ।

    जिल्लाभरी दुई दर्जन भन्दा बढी घरमा घरमा क्षती पुगेको खबर प्राप्त भएको छ ।फोन नेटवर्क पनि बिच्छेद हुंदा क्षतिको पूरा विवरण संकलन गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।