× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज माघ १३ गते सहिद धर्मभक्त प्रति हार्दिक श्रद्धासुमन-सुनिल उलक

    २ वर्ष पहिले

    माघ-१३, बि.सं. १९५३ सालमा वीरशम्शेरले भागवत माथेमालाई काजी र उनका छोरा आदिभक्त माथेमालाई सुब्बा पद दिएका थिए । तर वीरशम्शेरको मृत्यु पछि सत्ताको परिवर्तन हुदै चन्द्रशम्शेर सत्तामा पुगेपछि वीरशम्शेरले नियुक्त गरेका सबैलाई हटाउने क्रममा भागवत तथा उनका छोरा आदिभक्त पनि देश छोड्न बाध्य भए । यसरी देशबाट बाहिरीएका भागवत माथेमा कलकत्तामा ठूलै ब्यापारी बन्न पुगे । यिनै ब्यापारी भागवतका नाती तथा आदिभक्तका छोरा थिए धर्मभक्त ।

    धर्मभक्तको जन्म वि.सं. १९६६ असोज ९ गते काठमाडौंको ओमबहाल नवहिलमा भएको थियो । बुबा तथा बाजेको बसाई कलकत्ता भएको हुदा वहाको पढाई दार्जिलिङ तथा कलकत्तामा भएको थियो । कलकत्तामा रहदा नै ब्यायाम गर्ने गर्नुहुन्थ्यो । वहा बङ्गाल च्याम्पियन बन्न पनि सफल हुनुभएको थियो । यसरी पहलवान तथा शारिरिक सुगठनमा नाम कमाएको देखे पछि रुद्रशम्शेरले काठमाडौ ल्याएर चारबुर्जा दरवार नजिकै राखे । १९९० मा रुद्रशम्शेरलाई जुद्धशम्शेरले पाल्पा धपाए पछि धर्मभक्तले जुक्ति खेली जुद्धशम्शेरकै नाती नरशम्शेरसंग मित्रता गाँसे र उनलाई ब्यायाम सिकाउन थाले । पछि युवराज महेन्द्रका ब्यायाम शिक्षक बन्न सफल भए पछि राजा त्रिभुवनसंग सम्पर्क भयो ।

    बि.सं. १९९७ माघ ७ मा राजद्रोहको आरोपमा धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथचन्द ठाकुर र गंगालाल श्रेष्ठलाई मृत्यदण्ड, रामहरि शर्मा र टंक शर्मालगायत ३९ जना ब्राह्मण भएकाले आजीवन काराबासदेखि दुई महिनासम्म कैद, ३२ जनालाई १० देखि पाँच सयसम्म जरिवानाको फैसला राणाकालीन प्रधान न्यायालय प्रमुख बहादुर शमशेर र प्रधानमन्त्री जुद्ध शमशेरको तजबिजबाट फैसला भएको थियो ।बि‍सं‍ १९९७ माघ १२ गतेको राति नै राणा प्रधानमन्त्री जुद्धशम्शेरका नाती तथा बहादुरशम्शेरका छोरा नरशम्शेर तथा केही आठपहरियाको साथ धर्मभक्तलाई लिएर हिडे । राती ९ बजे अध्यारोमा धर्मभक्त माथेमालाइ सिफलकाे उकालाे छेउकाे रूख नजिकै पुर्याइयो । त्यहाँ पहिले नै डोरी बाँधेर राखिएको थियो । निकै मोटाघाटा धर्मभक्तलाई त्यस डोरीमा झुन्ड्याइयाे तर माेटाघाटा भएकाेले हांगा लच्किएर जमिनमा खुट्टाले छाेयाे । अर्काे माेटाे हांगामा झुण्ड्याइयाे फेरी डाेरी नै चुडियाे । म त फेरी बाँचे भन्दा नरशम्शेरले फेरि झुन्ड्याउने हो भने । यो सुनेर धर्मभक्तले कसेर एक लात नरशम्शेरलाई हान्दा नरशम्शेर घाईते भएका थिए । रिसले बहुलाएका नरशम्शेरले धर्मभक्तलाई बेस्सरी पिट्न लगाए । अन्तमा बेहोस भएका धर्मभक्तलाई डोरीमा झुन्ड्याइयो । बिहानीपख मृत्यु भएका धर्मभक्तको शव दिउसो ४ बजेसम्म पनि कसैलाई उठाउन दिइएन । धर्मभक्तको छातीमा पनि लेखिएको थियो, “संस्था खडा गरी दुनिया भड्काउन पर्चा छरी, हातहतियार खोजी, केही जम्मा गरी श्री ३ र रोलवाला जर्नेलहरूको गाथ विताई राजकाज समेत आफुले चलाउने प्रयास गरेको हुनाले यस्तो सजाय भयो”।