× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउ बढ्दा चाँदीको घट्यो

    २ वर्ष पहिले

    माघ-१५, आज (आइतबार) कारोबारको पहिलो दिन सुनको भाउ बढ्दा चाँदीको घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला २ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ६ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ १५ रुपैयाँ ले घटेर १३ सय ६५ रूपैयाँ कायम भएको छ।

    शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ८० रूपैयाँमा नै कारोबार भएको थियो।