× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रवि लामिछाने नेपाली नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुगे

    २ वर्ष पहिले

    माघ-१५, पू‍र्वगृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय पुगेका छन् । आइतबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिने प्रक्रिया थालेका हुन् ।

    शुक्रबारमात्रै सर्वोच्च अदालतले लामिछानेले अमेरिकाबाट फर्किएपछि नागरिकता पुन: प्राप्तिको प्रक्रिया पूरा नगरेको फैसला गरेको थियो । सो फैसलापछि लामिछानेको गृहमन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमेको थियो ।सर्वोच्चको फैसलापछि लामिछानेले आइतबारै नागरिकता पुन:प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय पुगेका हुन् ।

    लामिछानेले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्बिर र अनुसूची फारम भरेर पेश गरेपछि नेपाली नागरिकता पुन: पाउनेछन्।जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार लामिछानेले आइतबारै नागरिकता पाउनेछन् ।

    अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए । सो रिटमाथि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको थियो ।