२ वर्ष पहिले
माघ-१९, आज (बिहीबार) सुन तथा चाँदीको भाउ ह्वात्तै बढेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला १२ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ७ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ६ हजार रूपैयाँ ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ९५ रूपैयाँ कायम भएको छ।
अघिल्लो चाँदीको भाउ प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भएको थियो।