× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले घट्यो

    २ वर्ष पहिले

    माघ-२२, आज (आइतबार) साताको कारोबारको पहिलो दिन सुन तथा चाँदीको भाउ ह्वात्तै घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला २ हजार रुपैयाँले घटेर छापावाला सुन १ लाख ४ हजार १ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार १ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको प्रतितोला ४५ रुपैयाँले घटेर र १३ सय २० रूपैयाँ कायम भएको छ।

    शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।