× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अस्पताल खोल्न माग गर्दै बिरामी र आफन्तद्वारा वीर अस्पताल अगाडि प्रदर्शन

    २ वर्ष पहिले

    माघ-२९, अस्पताल बन्द भएपछि उपचार सेवाको माग गर्दै बिरामी र तिनका आफन्तहरुले वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन् ।

    ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलपत्र परेका छन् ।

    सडक अवरुद्ध हुने गरी प्रदर्शन गर्नेहरुलाई प्रहरीले अहिले भने हटाएको छ । उनीहरुको प्रदर्शनको कारण केहीबेर यातायात सेवा प्रभावित भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहानैदेखी सरकार र चिकित्सक सङ्घका पदाधिकारीबीच वार्ता भइरहेको भए पनि सहमति जुट्न सकेको छैन ।