× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

    २ वर्ष पहिले

    माघ-२९, सरकारले भोलि (फागुन १ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते ‘जनयुद्ध दिवस’का रुपमा बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयले आइतबार सूचना प्रकाशित गरी मन्त्रिपरिषद्को बैठकले फागुन १ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।

    २०५२ फागुन १ गते माओवादीले सशस्त्र द्वन्द्व शुरू गरेको थियो। त्यसको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले फागुन १ गते ‘जनयुद्ध दिवस’का रुपमा मनाउँदै आएको छ।

    अहिले माओवादीले नेतृत्वकै सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक सेवा बाहेक देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।