२ वर्ष पहिले
फागुन-९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५३ हजार ३ सय ६७ जना पुगेको छ ।
२४ घण्टामा २ सय ४४ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या शुन्य रहेको छ । हालसम्ममा ६० लाख १० हजार १ सय ८६ जनाको पिसिआर भएको जनाईएको छ।
पछिल्लो २४ घण्टामा शुन्य संख्यामा एन्टिजन विधिबाट परीक्षण हुँदा संक्रमितको संख्या शुन्य नै रहेको छ। हालसम्ममा १५ लाख १० हजार ९७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा निको हुनेको संख्या ३ जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ९४ हजार जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार २० जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १२ जना रहेको छ।