२ वर्ष पहिले
फागुन -१०,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार प्रदेश नं १ को पहाडी भू-भागका हल्का वर्षा तथा प्रदेश नं १, र बागमती प्रदेशका उच्च पहाडी तथा हिमालीमा एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
आज दिउँसो प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै, राती प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहि देशका बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।