× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कांग्रेसको राष्ट्रपति उम्मेदवारलाई समर्थन गर्ने आठ राजनीतिक दलको निर्णय

    २ वर्ष पहिले

    फागुन-१२, संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलले कांग्रेसलाई राष्ट्रपति दिने निर्णय गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठकमा उम्मेदवार को हुने भन्ने विषयमा छलफल नभएको बताउदै ज्वालाले कांग्रेसले नै आफ्नो उम्मेदवार चयन गर्ने बताए । कांग्रेसले राष्ट्रपति उमेदवार चयन गर्नका लागि शुक्रबार बिहान साढे ८ बजे कार्य सम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले दाबी गरेका छन् ।