× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    राष्ट्रपति चुनावपछि कांग्रेस र एमाले मिलेर सरकार बन्न सम्भावना रहेको पूर्वभारतीय राजदूत रञ्जित रे को दाबी

    २ वर्ष पहिले

    फागुन-२१, नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले राष्ट्रपति चुनावपछि नेपालमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बन्न सक्ने सम्भावना औंल्याएका छन्।

    भारतीय अखबार डेक्कन हेराल्डमा आफ्नो विचार एक लेखमार्फत् सार्वजनिक गर्दै पूर्व राजदूत रेले सन् २०१३ मा जस्तै कांग्रेस र एमाले गठबन्धन सरकार बन्ने सम्भावना भएको बताएका हुन् ।

    उनले एमाले र माओवादी गठबन्धन असफल भएर अहिले कांग्रेस र माओवादी गठबन्धन बनेको भन्दै तेस्रो विकल्पको रूपमा कांग्रेस–एमालेबीचको गठबन्धनको सम्भावना रहेको औंल्याएका हुन्। ‘नेपालमा २०७० को दोस्रो संविधानसभा चुनावपछि जस्तै दुई ठूला दलहरू कांग्रेस र एमाले एकै ठाउँमा आउने सम्भावना रहेको छ’ उनले लेखमा भनेका छन्।

    नेपालको राजनीतिक अस्थिरता भए पनि भारत नेपालसँग जोडिनुपर्छ भन्ने आशयको आलेखमा रेले यस्तो बताएका हुन् । पूर्वराजदूत रे भारतीय कांग्रेस आईसँग निकट प्रशासक हुन्। तर, पछिल्लो समय उनले कांग्रेस आईसँगको सम्बन्ध त्यागेको अनुमान गरिएको छ।