× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मनकामना मन्दिरमा परेवा लैजान राेक

    २ वर्ष पहिले

    फाल्गुण २२, साेमबार । गाेरखाकाे मनकामना मन्दिरमा परेवा लैजान पूर्णरूपमा राेक लगाएकाे छ । २०७२ सालकाे बिनाशकारी भुकम्प पछि पूर्ननिर्माण गरिएकाे मन्दिरकाे शुरक्षा, सरसफाइ लगाएत बाहिरबाट भक्तजनहरूले ल्याएका परेवाहरूकाे लागी मनकामनाकाे वातावरण अनुकुल नहुने र अधिक चिसाेकाे कारण दिनानुदिन परेवाहरू सयाैकाे संख्यामा मर्ने गरेकाेले त्यसकाे उचित व्यवस्थापन गर्न निकै कठिन भएकाेले मनकामनामा परेवा लैजान पुर्णरूपमा निषेध गरिएकाे NO PIGEON AT MANAKAMANA का प्रबर्द्धक भिजिट मनकामना डटकमका संस्थापक राजेन्द्र लामाले बताउनु भयाे।

    मनकामना मन्दिर परिवार, मनकामना क्षेत्र बिकास समिति, उ.वा.संघ मनकामना इकाइ लगाएत शहिद लखन गाउपालिका समेतले भक्तजनहरूलाइ मनकामनामा परेवा नलैजान, नउडाउन सामुहिक आग्रह गर्दै आबश्यक सहयाेगकाे लागी सराेकारवालाहरूलाइ समेत अनुराेध गर्दै आइरहेकाे छ । मनकामना केवुलकारबाट यात्रा गर्ने दर्शनार्थीहरूलाइ केवुलकारकाे तल्लाे स्टेशनमा नै चेक गरी परेवा राेक्न समेत मनकामना क्षेत्र बिकास समितिले पत्राचार गरेकाे मनकामना क्षेत्र बिकास समितिका अध्यक्ष रामकुमार जाेशीले बताउनु भयाे । साथै परेवा बिक्रि बितरणमा पुर्ण राेक लगाएकाे भएतापनि यदाकदा व्यापारीहरूले लुकाइछिपाइ बिक्रि गर्ने गरेकाे पाइएकाेले प्रहरी प्रशासनकाे सहयाेगमा थप कार्वाहीमा उत्रिनुकाे बिकल्प नरहेकाे उ.वा.संघ मनकामना इकाइका अध्यक्ष हरि श्रेष्ठले बताउनु भयाे ।

    मन्दिर सफा राख्नु सबैकाे साझा दायित्व हाे । बाताबारण अनुकुल नहुदा सयाैंकाे संख्यामा मर्ने गरेकाे परेवालाइ गाड्न पनि ठाउकाे अभाव हुदै गएकाे, मन्दिर क्षेत्र दुर्गन्धित हुदै गएकाे, नवनिर्मित मन्दिरकाे छानाहरू परेवाकाे दिशाकाे कारण खिइदै गएकाे, बर्डफ्लु जस्ता संक्रामक राेगहरूकाे सधै डर रहेकाे, साना कलिला परेवाहरू बिचल्ली अवस्थामा मरिरहेकाे, छेउकुनामा सडेगलेका परेवाबाट बाताबरण नै दुषित हुदै गएकाे आदीका कारण मनकामनामा परेवा लैजान पूर्ण रूपमा निषेध भएकाे प्रबर्द्धक लामाले बताउनु भयाे।

    करिव ५ बर्षदेखि याे अभियानमा लाग्दै आएकाे भिजिट मनकामना डट कमले बिभिन्न सञ्चारमाध्यम र साेसल मिडियाहरूमा यस सम्बन्धि सामग्रीहरू पस्कदै आएकाेमा अहिले सप्ताहव्यापी ब्राेसर बितरण अभियान सञ्चालन गरिन लागेकाे समेत लामाले हाइवेसमाचारलाइ जानकारी गराउनुभयाे ।