× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रामचन्द्र पौडेल मुलुकको चाैथाे कार्यकालको तेस्रो राष्ट्रपतिमा निर्वाचित

    २ वर्ष पहिले

    फागुन -२५, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएकाे छ । बिहीबार भएको निर्वाचनबाट एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै ७८ वर्षीय पौडेल मुलुकको चाैथाे कार्यकालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएकाे हाे ।

    राष्ट्रपतिमा निर्वाचित पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी एमालेका नेम्वाङले १५ हजार ५१८ मतभार पाउनुभयाे । पौडेलले प्राप्त गरेको मतभार कुल खसेको मतको ५१ प्रतिशतभन्दा धेरै हो । त्यसैले पौडेल पहिलो चरणबाटै राष्ट्रपतिमा निर्वाचित हुनुभएकाे हाे ।

    पौडेल कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदको समर्थनमा उम्मेदवार बन्नुभएकाे थियेा । एमालेका नेम्वाङलाई आफ्नो दलको मात्रै समर्थन थियो ।