× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहाडी तथा तराई भू-भागमा मेघ गर्जन, चट्याङ्ग, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २ वर्ष पहिले

    चैत्र-३,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार पहाडी तथा तराई भू-भागमा मेघ गर्जन, चट्याङ्ग, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भईरहेको छ।हाल देशमा स्थानीय वायु संगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

    दिउँसोː देशभर आंशिक देखी सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग, हावाहुरी सहित क्षणिक, हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यस्तै, रातीː देशभर आंशिक देखी सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित क्षणिक,हल्का वर्षाको सम्भावना रहेको छ।